ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मजदूर नहुँदा किसानलाई समस्या

२०७९ कात्तिक, २३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

रौतहट । धान भित्र्याउने बेला मजदूरको अभाव भएपछि रौतहटको उत्तरी क्षेत्र चन्द्रपुरका किसान चिन्तित छन् । अन्य जिल्लामा धान काट्ने मेशिनको प्रयोग बढ्दै गएपछि रौतहटमा यस्ता उपकरणको प्रयोग नगन्य छ । धान भित्र्याउने लगायत कामका लागि यहाँ मजदूरकै भर पर्नुपरेको छ ।

सबैजसो किसानको धानबाली एकैपटक पाकेकाले मजदूर पाउन नसकिएको चन्द्रपुर–४ का कृषक मीनप्रसाद मैनालीले बताए । धान झार्न मेशिन (थ्रेसर) पाइने भए पनि काट्न भने मजदूरकै भर पर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । मजदूरले एक बिहान धान काटेको पाँच सय रुपैयाँसम्म लिने गरेको उनले बताए ।

युवा वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै हरेक पटक खेती लगाउने र भित्र्याउने बेला मजदूरको अभाव हुने गरेकोे छ । धान काट्न मजदूरको अभाव भए पनि धान झार्न भने कृषकले यान्त्रिकीकरणको प्रयोग गर्न थालेका छन् । केही वर्ष अघिसम्म धानबाली भित्र्याउन महीनौं लाग्ने कृषकलाई अहिले थ्रेसर मेशिनको प्रयोगबाट धान झाट्न र पराल माड्न निकै उपयोगी बनेको अगुवा कृषक केदारप्रसाद कोइरालाले बताए । गाउँघरमा गोरु पाल्ने चलन हराउँदै गएको र कृषिमा काम गर्ने जनशक्ति पाइन छाडेपछि जिल्लाका कृषक आधुनिक कृषि उपकरणको प्रयोगमा आकर्षित हुन थालेको उनको भनाइ छ ।

थ्रेसरको प्रयोगले कम जनशक्ति, श्रम तथा लागतमा धेरै काम गर्न सकिने कृषकहरू बताउँछन् । खेती गर्ने बेला कामदारको अभाव हुने गरेकाले कृषि यन्त्रउपकरणको प्रयोग बढ्दै गएको कृषि ज्ञान केन्द्र, गौरले बताएको छ । तीन तहकै सरकारले कृषि उपकरणको खरीदमा अनुदान दिएमा किसानले बढी लाभ लिन सक्ने केन्द्रको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)