ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आचारसंहिता विपरीतका निर्वाचन प्रचार सामग्री हटाइयो

२०७९ कात्तिक, २५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

रौतहट । जिल्ला निर्वाचन कार्यालयबाट खटिएको अनुगमन टोलीले गौरको सार्वजनिक स्थानमा आचारसंहिता विपरीत राखिएका निर्वाचन प्रचार सामग्री हटाएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी सार्वजनिक स्थानमा राखिएका झण्डा, तुल, ब्यानर, झण्डाका तोरण, पोष्टर लगायत सामग्री टोलीले हटाएको हो ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्देशन बमोजिम जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट आ–आफ्नो वडा तथा नगर क्षेत्रमा खटिएका प्रहरी टोलीलाई आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन भनिएको छ । आचारसंहिता विपरीत प्रचार सामग्री राखिएको जनगुनासो बढेपछि हटाउन शुरू गरिएको रौतहटका डीएसपी सुनिल मल्लले बताए । सर्वदलीय बैठकमा दलका नेता तथा उम्मेदवारहरूले आचारसंहिता विपरीतका प्रचार सामग्री नराख्न लिखित प्रतिबद्धता गरे पनि राखेको पाइएपछि हटाउन शुरू गरिएको हो ।

निर्वाचन आचारसंहिता २०७९ मा धार्मिक, सांस्कृतिक, पुराताŒिवक, ऐतिहासिक स्थल तथा सार्वजनिक संस्थाका भवन, स्मारक, पर्खाल, सडक, खम्बा लगायत संरचनामा पर्चा टाँस्न वा टाँग्न निषेध गरिएको छ । रौतहटमा अधिकांश स्थानीय जनप्रतिनिधि निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै आ–आफ्ना दलका उम्मेदवारको पक्षमा चुनावी प्रचारप्रसारमा संलग्न भएको पाइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)