वीरगञ्ज । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी पर्सामा सोमवारदेखि मदिरा निषेध गरिने भएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले शनिवार सूचना निकालेर मतदाता कार्य सम्पन्न नभएसम्मका लागि मदिराको ओसारपसार, विक्रीवितरण र सेवन निषेध गरिएको बताएका हुन् ।
निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मदिरामा रोक लगाइएको प्रशासनले बताएको छ । गृह मन्त्रालयको निर्देशनमा जिल्ला सुरक्षा समितिको शनिवार बसेको बैठकले जिल्लामा १ हप्ता मदिरा निषेध गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ ।