ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनकपुरधाममा गरिएको नमूना मतदानमा १० प्रतिशत मत बदर

२०७९ कात्तिक, २७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

जनकपुरधाम । आसन्न प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी जनकपुरधाम उपमहानगरपालिका–१४ मा गरिएको नमूना करीब १० प्रतिशत मत बदर भएको छ ।

मतदाता शिक्षा कार्यक्रमअन्तर्गत समग्र विकास सेवा केन्द्रले आयोजना गरेको नमूना मतदानमा खसेको ५५ मतमध्ये पाँच ओटा मत बदर भएको समग्र विकास सेवा केन्द्रका सम्झनाकुमारी राउतले जानकारी दिइन् ।     

मतदातालाई सही तरीकाले मतदान गर्ने विधिबारे जानकारी गराउँदै विगतमा हुने मत बदर संख्या घटाउने उद्देश्यले सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सो वडाका मतदातालाई सही तरीकाले कसरी मतदान गर्ने, मतपत्रलाई कसरी पट्याउनेलगायत विषयमा सहजीकरण गरिएको राउतले बताइन् ।

समग्र विकास केन्द्रका सहजकर्ता सम्झना राउत, आरती यादव र आर्थी पासवानले घरघरमा पुगी मतदातालाई निर्वाचन आयोगले तयार पारेको सामग्री फिपकार्ड, ब्रोसरको प्रयोग गरी मतदान गर्ने, मतपत्र पट्याउनेलगायत विषयमा सहजीकरण गरेका थिए । -रासस
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)