ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रौतहटमा ९८ कैदीबन्दीले मतदान गर्न पाउने

२०७९ कात्तिक, २८  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

रौतहट । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रौतहटमा ९८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले पनि मतदान गर्न पाउने व्यवस्थाअनुसार जिल्ला कारागारमा  रहेका कैदीबन्दीले मतदान गर्न पाउने भएका हुन् ।

मतदान केन्द्रबाट कैदीबन्दी र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीले मतदान गर्न पाउनेछन् । कैदीबन्दी, सुरक्षाकर्मी र निजामती कर्मचारीले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन् । पहिलोपटक कैदीबन्दीलाई अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकृत छोटेलाल दासले बताए । उनका अनुसार नेपाली सेनाका करीब २ सयभन्दा बढी जवानले पनि मतदान गर्न पाउनेछन् ।

जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयमा अलग अलग मतदान केन्द्र स्थापना गरिने र त्यसका लागि छुट्टै मतदान अधिकृत नियुक्त गरिएको उनको भनाइ छ । निर्वाचनका लागि रौतहटमा ४ हजार १ सय ८४ जना कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

४ लाख १५ हजार ४ सय ५५ मतदाता रहेको रौतहटमा ५ सय २३ स्थायी मतदान केन्द्र र दुईओटा अस्थायी मतदान केन्द्र छन् । निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन कार्यलयले आन्तरिक तयारी तीव्र बनाएको छ । मतदानका लागि आवश्यक सामग्री जिल्लामा आइपुगिसकेको जिल्ला निर्वाचन कार्यालय रौतहटले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)