ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर दिवसमा कर अभिमुखीकरण : कर प्रशासनलाई करदातामैत्री बनाउन युवा उद्यमीको आग्रह

२०७९ मंसिर, २  
समाचार मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । राष्ट्रिय कर दिवसको अवसरमा वीरगञ्जमा नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) वीरगञ्जले करसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । 

वीरगञ्जस्थित आन्तरिक राजस्व कार्यालयमा भएको कार्यक्रममा सो कार्यालका प्रमुख कपिलप्रसाद सुवेदीले उद्यमीहरुलाई करका विविध पक्षका बारेमा जानकारी दिएका थिए । 

प्रमुख सुवेदीले कर तिर्नु राज्यप्रति करदाताको दायित्व भएको भन्दै सरकारले करको दायरा फराकिलो बनाउन यसका प्रक्रियाहरूलाई सहजीकरण गरेको बताए । पछिल्लो समयमा प्रविधिको प्रयोगबाट कर प्रणाली करदातामैत्री बन्दै गएको उनले स्पष्ट पारे ।

एनवाईईएफका अध्यक्ष राकेश साहले करको दायरा विस्तार गरी करदातालाई सम्मान गर्न आग्रह गरे । कर दर्ताको प्रक्रिया सहज हुनुपर्ने पनि उनको आग्रह थियो । 

साहले करका प्रावधान र प्रक्रियाका बारेमा चेतनामूलक कार्यक्रम आयोजना गर्न आग्रह गरे । निवर्तमान अध्यक्ष अनुप अग्रवाल र सल्लाहकार सञ्जय अग्रवालले करदातामैत्री कर प्रशासनको आवश्यकता औंल्याए ।  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)