ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्जका भन्सार ६ गते मात्रै खुल्ने, आवागमन भने आज मध्यरातपछि

२०७९ मंसिर, ४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल तस्वीर ।
author avatar अभियान संवाददाता

वीरगञ्ज। मङ्सिर ४ गते (आज) हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा प्रभावकारी बनाउन वीरगञ्ज नाका बन्द गरिएको छ । स्थानीय प्रशासनले बिहीवार मध्यरातदेखि नेपाल भारत सिमाना सिल गरेपछि यो नाकामा रहेका तीनओटा भन्सार पनि बन्द भएका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सूचना निकालेर निर्वाचनलाई भयरहित, निष्पक्ष र स्वतन्त्र बनाउन ७२ घण्टाका लागि सीमाबाट सबै प्रकारको आवागमन बन्द गरिएको जानकारी दिएका छन् । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालका अनुसार सीमा सिल भएसँगै आयातनिर्यात पनि रोकिएको छ । साविकको वीरगञ्ज भन्सार, आईसीपी र सुक्खा बन्दरगाह भन्सारबाट शुक्रवारदेखि मालवस्तुको आयातनिर्यात रोकिएको छ । 

नेपालका लागि आएका ढुवानीका साधन भारतीय क्षेत्रका सडककै लाम लगाइएको छ । सरकारले चुनावका लागि आइतवार र सोमवार २ दिन सार्वजनिक बिदा दिएकाले भन्सार कार्यालयहरू मंगलवार (मङ्सिर ६ गते) देखि खुल्ने बरुवालले बताए । सिमानाबाट अन्य आवागमन भने मतदान सकिएकै दिन आइतवार मध्यरातपछि खुल्ने प्रशासनको सूचनामा उल्लेख छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)