ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

'स्पष्ट नीतिको अभावमा अपेक्षित औद्योगिकीकरण हुन सकेन'

२०७९ मंसिर, १०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । स्पष्ट नीतिको अभावमा अपेक्षित औद्योगिकीकरण हुन नसकेको वक्ताहरुले बताएका छन् । आठौं उद्योग दिवसको अवसरमा वीरगञ्जमा आयोजित एक कार्यक्रममा यस्तो बताइएको हो ।

उद्योग विभाग, घरेलु तथा साना उद्योग कार्यालय, पर्सा तथा वीरगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शुक्रवार कार्यक्रम भएको थियो । “औद्योगिक लगानी र पूर्वाधार : समृद्धिको बलियो आधार” नारा सहित अन्तरक्रिया भएको हो ।

उक्त  अवसरमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले उद्योगहरु स्थापनाका लागि औद्योगिक वातावरण निर्माण गरिने, औद्योगिक शान्ति सुरक्षाको व्यवस्था मिलाइने, उद्योग सम्बन्धी नीतिगत समस्याहरुमा सुधारको लागि पहल गरिने बताए ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले उद्योगहरुको स्थापनाको लागि चाहिने सामाजिक संस्कारको विकास हुन नसकेको दाबी गरे । उनले स्वदेशी लगानीमा सञ्चालित उद्योगहरुको संरक्षण नभएसम्म विदेशी लगानी भित्रिन नसक्ने बताए ।

उद्योग विभागका महानिर्देशक सुशीलकुमार साहले औद्योगिकीकरणको नीति निर्माण र उद्योग प्रवद्र्धनको काम भइरहेको बताए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत धनंजयकुमार सिंहले घरेलु तथा साना उद्योग सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

संघका उपाध्यक्ष हरि गौतमले सरकारी नीति नियमहरु स्थिर नहुँदा उद्योगहरु फस्टाउन नसकेकोले दीर्घकालीन नीति नियमको तर्जुमा हुनु पर्नेमा जोड दिए ।उनले कोभिड १९ को प्रभावबाट विस्तारै लयमा फर्किदै गइरहेको उद्योगहरुलाई नेपाल राष्ट्र बैंकद्वारा जारी नीति, निर्देशन, परिपत्रका कारण धरासायी हुने अवस्थामा पुगेको गुनासो गरे ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)