ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बारामा तेलहन खेती बढ्यो

२०७९ मंसिर, १९  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

कलैया । यस वर्ष बारामा तेलहन खेतीको क्षेत्रफल बढेको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार गतवर्षको तुलनामा यस वर्ष ३० हेक्टर बढी क्षेत्रफलमा तेलहन खेती गरिएको हो । किसानले यस वर्ष १० हजार ३०० हेक्टर क्षेत्रफलमा तेलहन खेती गरेका छन् । गतवर्ष १० हजार दुई सय ७० हेक्टरमा खेती गरिएको केन्द्रको तथ्यांक छ ।

केन्द्रका प्रमुख जितेन्द्र यादवले तेलहन बाली केही वर्षयता प्रतिहेक्टर एक टन उत्पादन भइरहेको बताए । उनका अनुसार आर्थिक वर्ष २०७२/७३ मा प्रतिहेक्टर एक दशमलव १० मेट्रिक टन उत्पादकत्व थियो । २०७३ देखि २०७७ सम्ममा कृषकले ११ हजारदेखि १२ हजार हेक्टर क्षेत्रफलमा तेलहन बालीको खेती गर्दै आएका थिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)