ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पढ्दै कमाउँदै कार्यक्रमले पशु प्राविधिक पढ्ने विद्यार्थी लाभान्वित

२०७९ मंसिर, २०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

सर्लाही । सर्लाही वाग्मती नगरपालिका–८ मा अवस्थित श्री नवजनजागरण माविका विद्यार्थीहरू ‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट लाभान्वित भएका छन् । 

विद्यालयमा २०७४ सालबाट विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागू भएपछि उक्र कार्यक्रम शुरू भएको थियो । कार्यक्रमअन्तर्गत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको सम्बन्धनमा तीनवर्षे पशु प्राविधिक (भेटेरिनरी) कार्यक्रम शुरू भएको थियो ।

कार्यक्रम शुरू गर्न छुट्याइएको रू. १० लाख बजेटमध्ये रू. ६ लाख भौतिक संरचना निर्माणमा खर्च भएको थियो । बाँकी रू. ४ लाख विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रममा छुट्याइएको थियो ।

उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा कुखुरापालनमा लगानी गरिएको विद्यालयका प्रधानाध्यापक बद्री पोख्रेलले बताए । पहिलो चरणमा १ हजार ब्रोइलर कुखुरापालनमा लगानी गरिएको थियो । यस कार्यक्रममा १५ जना विद्यार्थी सहभागी भएका थिए ।

पहिलो चरणको कार्यक्रमअन्तर्गत कुखुरा विक्री भएपछि ४५ प्रतिशत आम्दानी आन्तरिक खर्चका लागि छुट्याई बाँकी ५५ प्रतिशत रकम प्रतिविद्यार्थी रू. ३ हजार ७०० का दरले आफूहरूले लिएको विद्यार्थी पूर्णप्रसाद उप्रेतीले बताए । 

कार्यक्रम सञ्चालनका लागि विद्यालयले पशु प्राविधिक तर्फका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि आफ्नै जग्गामा कुखुरा, गाई, भैँसी, बाख्रा, बोका र पाडापाडी पालेको छ ।

पढ्दै कमाउँदै कार्यक्रममा सहभागी हुन चाहने विद्यार्थीका लागि विद्यालयले सहयोगीका रूपमा काम गर्दै आएको छ । कृषि तथा पशुपालनअन्तर्गत ‘पढ्दै कमाउँदै’ गर्न चाहने विद्यार्थीलाई विद्यालयले शुरूमा सहुलियत दरमा ऋण उपलब्ध गराउने र उत्पादन विक्रीपछि विद्यालयले ऋण असुल गर्ने प्रधानाध्यापक पोख्रेलको भनाइ छ ।

पशुसेवा प्राविधिक तर्फको दोस्रो सेक्सनमा ‘पढ्दै कमाउँदै’ कार्यक्रममा हाल दुई जना विद्यार्थीहरू दिपिसा लामा र सलिना मगरले १ हजार ३०० कुखुरा पालन गरिरहेका छन् ।

पढ्दै कमाउँदै कार्यक्रम लागू भएपछि व्यावहारिक सीप सिकाइ प्रभावकारी भएको वाग्मती नगरपालिकाको शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले बताए । उनका अनुसार कार्यक्रममा विद्यालयको भौतिक संरचना निर्माण, प्राविधिक प्रयोगशाला र पुस्तकालयको क्षेत्र समेटिएको छ । विद्यालयले कृषि विषय अध्ययन गर्न चाहने विद्यार्थीले अनिवार्य कृषि कर्ममा काम गर्नुपर्ने व्यवस्था गरेको छ । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)