ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अझै सञ्चालनमा आएनन् मसर्लाहीका छोटी भन्सार कार्यालय

२०७९ माघ, १  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सर्लाही । द्वन्द्वको कारण देखाउँदै बन्द गरिएका सर्लाहीका छोटी भन्सार कार्यालय अझै सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आउन नसक्दा सीमा नाकाबाट भन्सार छली तथा मालवस्तुको चोरी तस्करी बढेको छ । छिमेकी देश भारतसँग ५१ किलोमिटर खुला सीमा जोडिएको सर्लाहीमा सातओटा छोटी भन्सार कार्यालय छन् । एउटा मुख्य भन्सार कार्यालय छ । गोरखकाली नाकामा रहेको मुख्य भन्सार कार्यालय मात्र हाल सञ्चालनमा छ ।

छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लाका साना व्यापारी मारमा परेका छन् । नजिकै नेपाली बजार नहुँदा दैनिक उपभोग्य सामग्रीका लागि भारतीय बजारमा भर पर्नुपर्ने सीमा क्षेत्रका साना व्यापारी तथा स्थानीयवासी मारमा परेको स्थानीय उमाशंकर साहले बताए । जिल्लाका साना व्यापारीले छोटी भन्सारको बाटो भएर सानो परिमाणमा सामान ल्याउनुपर्दा पनि भन्सार बुझाउन जिल्ला भन्सार कार्यालयमै पुग्नुपर्ने बाध्यता छ ।

जिल्लाका छोटी भन्सार कार्यालय सञ्चालन नहुँदा समेत सरोकारवाला निकाय मौन छ । भारतसँग खुला सिमाना जोडिएका सग्रामपुर, पर्सा, त्रिभुवननगर, भाँडसर, फेन्हरा, बारा उद्योरण र बलरा छोटी भन्सार कार्यालय अहिले बन्द छन् ।

छोटी भन्सार कार्यालय बन्द हुँदा जिल्लामा तस्करी मौलाएको र राजस्व पनि कम उठ्न थालेको स्थानीय रघुनाथ यादवले बताए । व्यापारीले सामानको राजस्व नतिर्ने गरेको पाइएको छ ।

छोटी भन्सार कार्यालय बन्द हुँदा राजस्वमा ह्रास आएको जिल्ला भन्सार कार्यालयका प्रमुख दीपेन्द्रकुमार झाले बताए । माथिल्लो तहबाट छोटी भन्सार कार्यालय सञ्चालनका लागि कुनै निर्देशन नआएको र आफूहरूले मात्र निर्णय गरेर कार्यालय खुलाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ । सीमा क्षेत्रमा हुने गरेका तस्करीका सामान सुरक्षाकर्मीले नियन्त्रणमा लिएर जिल्ला भन्सार कार्यालयमै बुझाउने गरेकाले पनि छोटी भन्सार कार्यालयको खास काम नरहेको उनले बताए ।

छोटी भन्सार कार्यालय बन्द हुँदा तस्करी बढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए । उनका अनुसार तस्करीमार्फत भित्रिएका सामान जिल्लाका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउँदा धेरै कम मूल्यांकन गर्ने गरेको पाइएको छ ।

भारतसँगको खुला सिमानामा ११ स्थानमा सशस्त्र प्रहरी बलका पोष्ट तथा २० स्थानमा नेपाल प्रहरीका पोष्ट राखिएका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)