ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कटहरिया नगरपालिकामा हेल्प डेस्क सञ्चालन

२०७९ माघ, १५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

रौतहट । कार्यालयमा आएका सेवाग्राहीलाई सेवा लिन सजिलो बनाउन रौतहटको कटहरिया नगरपालिकाले हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । कार्यसम्पादनको क्रममा कानूनी तथा कागजी प्रक्रियाबारे जानकारी दिन नगरपालिकाले हेल्प डेस्क सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाको सेवा प्रवाह सहज बनाउन हेल्प डेस्क स्थापना गरिएको नगरप्रमुख अजयप्रकाश जयसवालले बताए । उनका अनुसार हेल्प डेस्कले जनप्रतिनिधि, कर्मचारी र सेवाग्राही नागरिक बीचमा समन्वय गर्न सजिलो हुनेछ । हेल्प डेस्क व्यवस्थापनले सेवाग्राहीलाई सेवा प्राप्त गर्न कसैको भर पर्नु नपर्ने उनले बताए । सेवाग्राही नागरिक भौतिक रूपमा उपस्थित भएर कार्यालयबाट प्राप्त गर्नुपर्ने सेवालाई नागरिक सहायता कक्षले सहज बनाउने नगरपालिकाले बताएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)