ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चन्द्रपुर नगरपालिकाको अर्धवार्षिक समीक्षा

२०७९ माघ, १८  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा गरेको छ । नगरपालिकाले गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको बजेट समीक्षा गरेको हो ।

समीक्षाअनुसार नगरपालिकाले सञ्चालन गरेको आयोजनाहरूको भौतिक प्रगति ५३ दशमलव ९ प्रतिशत भएको छ । कुल योजना संख्या ११५ ओटा रहेकोमा ६२ ओटा योजनाको सर्भे, डिजाइन र इस्टिमेट भई सम्झौता भइसकेको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाको योजना महाशाखा प्रमुख इन्जिनियर महेश बोहराले ४८ दशमलव ३४ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिए । उनका अनुसार सो अवधिमा चालूतर्फको खर्च रू. १५ करोड ६९ लाख, पूँजीगततर्फको खर्च रू. १ अर्ब १६ करोड गरी १ अर्ब ३२ करोड प्रस्तावित बजेट थियो ।

त्यसमध्ये चालूतर्फ रू. ५ करोड ८० लाख र पूँजीगततर्फ  ५८ करोड २४ लाख खर्च भएको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाका अनुसार चालूतर्फको खर्च ३६ दशमलव ९७ प्रतिशत र पूँजीगततर्फ ४९ दशमलव ८६ प्रतिशत खर्च भएको छ । नगरपालिकाको आन्तरिक स्रोततर्फ चालू आर्थिक वर्षको पहिलो ६ महीनामा १९ करोड वार्षिक आम्दानी हुने अनुमान गरिएको छ । पुस मसान्तसम्ममा १९ करोड ४६ लाख आन्तरिक आम्दानी भई कुल अनुमानको १०२ दशमलव ४२ प्रतिशत प्रगति भएको नगरपालिकाको विवरणमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)