ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जयनगरमा फर्निचर मेला

२०७९ माघ, १९  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

रौतहट । जयनगरमा फर्निचर मेला लागेको छ । हरेक वर्ष श्रीपञ्चमीको अवसरमा लाग्ने मेलामा काठबाट बनेका विभिन्न फर्निचरको प्रदर्शनी गरिँदै आएको छ । माघ १२ गतेदेखि लागेको मेला १ महीनासम्म चल्ने आयोजकले जानकारी दिएको छ । आयोजक नेपाल विश्वकर्मा बजार समिति जयनगरले मेलामा फर्निचर हेर्न र खरीद गर्न सक्ने बताएको छ । मेला शुरू भएयता जयनगरमा सर्वसाधरणको भीड लागेको छ । फर्निचर मेलामा विभिन्न जातका काठबाट बनाइएका दराज, कुर्सी, पलङ, टेबल तथा फलामका कृषि औजार राखिएका छन् ।

मेलामा २ सयभन्दा बढी व्यवसायी सहभागी छन् । हरेक वर्ष फर्निचर मेलामा व्यापारी थपिने स्थानीय व्यापारी रामभरोसा साहले बताए । उनका अनुसार मेलामा  फर्निचर सस्तो पाइने भएकाले धेरै ठाउँका ग्राहक तथा व्यापारी आउने गरेका छन् ।

मेलाका फर्निचरहरू जनकपुर, पोखरा, काठमाडौं, वीरगञ्ज, सर्लाही, र बारासम्म पुग्ने गरेको पाइएको छ । छिमेकी भारतको बैरगनियाका स्थानीयले समेत फर्निचर खरीद गरेर लैजाने गरेको उनले बताए ।

यस वर्ष फर्निचर व्यवसायीको संख्या बढेको र अवलोकनकर्ता पनि बढ्ने देखिएकाले ६ करोड रुपैयाँको कारोबार हुने अनुमान नेपाल विश्वकर्मा बजार समितिको छ ।

समितिका अनुसार गतवर्ष ५ करोडको हाराहारीमा कारोबार भएको थियो । फर्निचर मेलामा बाहिर बजारको भन्दा २५ प्रतिशतसम्म सस्तो हुने बताइएको छ । यातायातको सुविधा रहेकाले लक्ष्य अनुसारको कारोबार हुने अनुमान गरिएको छ । ५० वर्षभन्दा अघिदेखि रौतहटको शिवनगरमा लाग्दै आएको मेला २०६४ सालदेखि गरुडा नगरपालिका–१ जयनगरमा लाग्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)