ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि सामुदायिक वन कार्यक्रम प्रभावकारी बन्दै

२०७९ माघ, २०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–३, ४ र ५ स्थित लखनदेही नदी किनारको नदी उकास जमीनमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारीखेती कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

कोरोना संक्रमणको प्रभावमा परेका विपन्न किसानले नदी उकास जमीनमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारीखेती गरी बगरलाई हराभरा बनाएका छन् । हरिवन–३, ४ र ५ का कोभिड–१९ पीडित विपन्न किसानले बगरमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारीखेती गर्दै आएका छन् ।

नदी उकास, खेर गइरहेको वन क्षेत्र र बगरका खाली जमीनमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत खनजोत गरी लगाइएको तरकारीखेतीबाट पर्याप्त उत्पादन भएपछि जीविकोपार्जन गर्न सहज भएको हरिवन–४ का वडाध्यक्ष केशवराज थापाले बताए । किसानले बगरखेती गरी उत्पादन गरेको तरकारी विक्रीबाट पर्याप्त आम्दानी गर्न थालेपछि घर व्यवहार चलाउन सहज भएको छ । तीन समूहमा विभाजन गरी कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारीखेती गर्दा जीविकोपार्जनका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको हरिवन–३ मोहनपुरकी किसान एवं मोहनपुर कृषि सामुदायिक वन समूहकी अध्यक्ष गंगाकुमारी ब्लोनले बताइन् । हाल उक्त वन समूहमा ६६ विपन्न कृषक आबद्ध छन् । उनीहरूले खुर्सानी, करेला, लौका, कांक्रा, फर्सी, भिण्डीलगायत तरकारी उत्पादन गर्दै आएका छन् । तरकारी विक्रीबाट भएको आम्दानीको केही रकम आफ्नो समूहमा जम्मा गर्ने गरेको समेत ब्लोनले बताइन् ।

सामुदायिक वनको खाली, पर्ती जग्गा र नदी उकास जग्गामा तरकारीखेती गर्न थालेपछि उनीहरूलाई घरखर्च चलाउन सहज भएको छ । हरिवन–४ की अजमिरी खातुनले तरकारीखेतीबाट मनग्गे आम्दानी गरेकी छिन् । समूहकी कोषाध्यक्षसमेत रहेकी उनले खर्बुजा, काँक्रा, बोडी, भाण्टालगायत तरकारी लगाएकी छिन् । ग्रामीण स्वयंसेवक समाज हरिवनले करीब २० बिगाहा जमीनमा विभिन्न कृषक समूह बनाई सामूहिक तरकारीखेती गरेको छ । हरिवन नगरपालिकाले उपलब्ध गराएको खाली पर्ती, ऐलानी र खेर गइरहेका सामुदायिक वन क्षेत्र तथा नदी उकासमा गरिएको कृषिखेतीबाट हरिवन नगरपालिका–३ का ६६ परिवार, हरिवन नगरपालिका ४ का ४८ परिवार र हरिवन नगरपालिका–५ का ८६ परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)