ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनुगमन टोलीद्वारा अखाद्य वस्तु नष्ट

२०७९ माघ, २२  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

रौतहट । रौतहटको गौर नगरपालिका–५ स्थित फूलतारा डेरी उद्योगमा अखाद्य वस्तु पाइएपछि नष्ट गरिएको छ । साथै सो उद्योगमा प्रहरीले  सिलबन्दी पनि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलीले डेरी उद्योगमा अनुगमन गर्दा अखाद्य वस्तु फेला परेको हो । डेरी उद्योगबाट भैंसीसहितका विभिन्न पशुको बोसो र केमिकल बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

सो कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा पनि लिएको छ । डेरी सञ्चालक महम्मद मतिउल्लाह, शेख समिम, इफान खान र समसे आलम पक्राउ परेका रौतहट प्रहरीले जानकारी दिएको छ । डेरी उद्योगमा १० क्विन्टल केमिकल र जनावरको बोसो भण्डार गरी राखेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

अखाद्य सामग्री मिसावट गरेर दही, घ्यू विक्री वितरण गर्दै आएको आरोपमा पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी वीरबहादुर बुढा मगरले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि, गौर नगरपालिकाका प्रतिनिधि समेतको रोहबरमा उद्योगमा सिलबन्दी गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, मंलगवामा बरामद भएका अखाद्य वस्तु परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले बताएको छ ।

भारतबाट चोर बाटो भएर नेपालमा अखाद्य वस्तु भित्र्याइएको बुझिएको छ । केही साताअघि इशनाथ नगरपालिकाको मठियाबाट सशस्त्र प्रहरीले २७ ड्रम अखाद्य पदार्थ मिसिएको घिउ बरामद गरेको थियो । उक्त अखाद्य घिउ फूलतारा डेरीकै रहेको प्रहरीले बताएको छ । उक्त डेरीमा अखाद्य पदार्थको प्रयोगबाट तयार पारिएको घिउ स्थानीय बजार गौरसहित काठमाडौंसम्म पुग्ने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)