ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रौतहटको चिनी उद्योगमा उखु बेच्न पाउनुपर्ने माग

२०७९ माघ, २७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

रौतहट । रौतहटका चिनी उद्योगमा उखु विक्री गर्न नपाउने गरी बारा प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सूचना जारी गर्दै बारामा नै सञ्चालनमा रहेका उद्योगमा उखु विक्री गर्न किसानलाई आग्रह गरेको हो । तर वर्षौंदेखि रौतहटको चिनी उद्योगमा उखु बेच्दै आएका किसानले आफू अनुकूल बेच्न पाउनुपर्ने माग गर्दै बारा प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । माघ २३ गतेबाट लागू हुने गरी रौतहटमा उखु विक्री गर्न नपाउने गरी प्रशासनले रोक लगाएपछि बाराका किसानले बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई भेटेर रौतहटका चिनी मिलमा उखु बेच्न पाउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाएका छन् ।

बाराका चिनी उद्योगभन्दा रौतहटको चिनी उद्योगमा उखु विक्री गर्दा प्रतिक्विन्टल ८० रुपैयाँ बढी फाइदा हुने किसानको भनाइ छ ।  जुन उद्योगको खरीददर बढी हुन्छ, सोही उद्योगलाई आफूहरूले उखु बेच्न पाउनुपर्ने किसानको माग छ । किसानले उत्पादन गरेको उखु आफू अनुकूल मुलुकको जुनसुकै स्थानका चिनी मिलहरूमा बेच्न पाउनुपर्ने उखु उत्पादक संघका केन्द्रीय अध्यक्ष कपिलमुनि मैनालीले बताए ।

बाराका उखु किसानले रौतहटको कटहरिया नगरपालिका– ९ मा रहेको बाबा वैजनाथ सुगर मिलमा उखु बेच्दै आएका छन् । जिल्ला प्रशासन कार्यालयले बारामा चिनी उद्योग सञ्चालन भएको स्थानबाट २५ किलोमिटर क्षेत्रभित्रका उखु अन्यत्र विक्री गर्न नपाउने भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौंले परिपत्र गरेकाले मन्त्रालयको निर्णय कार्यान्वयन गर्न अन्य जिल्लामा उखु विक्री गर्न बन्देज लगाइएको बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए । जुनसुकै स्थानमा पनि उखु बेच्न पाउने आफूहरूको अधिकार रहेको किसानले बताएका छन् । जिल्ला प्रशासन कार्यालयसमक्ष राखेका मागको बेवास्ता गरेमा प्रशासनविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी किसानले दिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)