ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निःशुल्क अध्ययन केन्द्रमा पढ्दै दलित बालबालिका

२०७९ माघ, २९  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

गोलबजार । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ पोर्ताहास्थित मुसहर बस्तीमा जीवन विकास लघुवित्तले सञ्चालन गरेको निःशुल्क अध्ययन केन्द्रमा बेलुकाको समय निःशुल्क होम ट्युसन पढ्न पाएपछि स्थानीय बालबालिका उत्साहित छन् । लघुवित्त भन्नै सुन्नैबित्तिकै ऋण दिने/लिने संस्था हो भन्ने धारणा व्याप्त रहेको गाउँमा ट्युसन पढाइ हुने भएपछि यहाँका बालबालिका उत्साहित बनेका हुन् ।

दूरदराजका गाउँमा बसेका विपन्न वर्गका नागरिकहरूलाई उद्यमशील बनाउन लघुवित्त ट्युसन पढाउने परिकल्पना गरिएको बताएको छ ।

कमजोर आर्थिक अवस्थाका कारण आवश्यक शैक्षिक सामग्रीको अभाव र अतिरिक्त कक्षा (ट्युसन) पढ्न नपाएर विद्यालय जान रुचि नगर्ने मुसहर बस्तीका बालबालिकाहरू जीवन विकास लघुवित्त लहान–२३ गढिया शाखाद्वारा सञ्चालित निःशुल्क अध्ययन केन्द्रमा पढ्न अहिले उत्साहित हुँदैछन् । सो केन्द्रमा ३१ बालबालिकाले अध्ययन गरिरहेका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)