ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दूधको मूल्य बढाउन माग

२०७९ माघ, २९  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

रौतहट । रौतहटका दुग्ध किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उचित मूल्य नपाएको भन्दै रौतहट दुग्ध उत्पादक सहकारी संघले माग गरेको छ । संघले सोमवार (फागुन १ गते)देखि दूधको मूल्य बढाउनुपर्ने माग गरेको छ । सोमवारदेखि दूधको मूल्य नबढाएमा डेरी उद्योगीहरूसँगको समन्वयमा आफै मूल्य घोषणा गरिने संघले जानकारी दिएको छ । रौतहट दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष श्रीकृष्णप्रसाद अधिकारीले पत्रकार सम्मेलन गरेर किसानले दूधको उचित मूल्य नपाएको भन्दै दूधको मूल्य अविलम्ब बढाउन माग गरे । हाल वैदेशिक रोजगारबाट फर्किएका युवा व्यावसायिक पशुपालन गरी दुग्ध उत्पादन क्षेत्रमा अघि बढिरहेकाले यसमा आकर्षित गराई देशलाई दूधमा आत्मनिर्भर बनाउन सकिने उनको धारणा छ । पशुपालनमा आकर्षित गर्न लागतको आधारमा मूल्य वृद्धि गर्न अपरिहार्य भइसकेको उनको भनाइ छ । रौतहटमा हालसम्म ४६ ओटा सहकारीले दुग्ध उत्पादनसम्बन्धी काम गर्दै आएका छन् । यहाँ दैनिक ३२ हजार लिटरभन्दा बढी दूध उत्पादन भइरहेको रौतहट दुग्ध उत्पादक सहकारी संघको तथ्यांक छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)