ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सर्लाहीमा सीमा अनुगमन

२०७९ फागुन, १  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सर्लाही । सर्लाहीमा सीमा अनुगमन तीव्र पारिएको छ । अतिक्रमण हटाउने उद्देश्यले नेपाल–भारत सीमा नाकामा अनुगमन थालिएको हो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखलगायतको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको हो । अनुगमन टोलीमा प्रजिअ यादव, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सशस्त्र प्रहरी बलका उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक सन्तोष ढुंगेललगायत रहेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीका अनुसार पूर्वीनाका पर्सा गाउँपालिकास्थित संग्रामपुरदेखि खुटौनासम्म सीमा क्षेत्रको अनुगमन गरिएको हो । खुटौनाबाट पश्चिम मधुवनी, छतौना, बारा उद्योरण, बलरालगायत नाकाको अनुगमन गर्न बाँकी छ । ‘नेपाल–भारत सीमामा रहेका ठूला तथा साना पिलरको अवस्था बुझ्न तथा सीमामा भएका अतिक्रमण हटाउन अनुगमन गर्न थालेका हौं,’ उनले भने ।

दशगजा क्षेत्रमा कुनै प्रकारको संरचना बनाउन नपाइने भए पनि जिल्लासित जोडिएको ५१ किलोमिटर खुला सिमानाका ठाउँ ठाउँमा बस्ती बस्नुका साथै पसल राखेर व्यापार व्यवसाय गर्ने गरिएको पाइएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)