ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्जमा साँस्कृतिक र खाना मेला : राति १० बजेसम्म मेला सञ्चालन गर्ने

२०७९ फागुन, ४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । वीरगञ्जमा रात्रि साँस्कृतिक तथा खाना मेला हुने भएको छ । वीरगञ्ज कलेजले स्थापनाको एक दशक पुगेको अवसरमा यही फागुन १२ र १३ गते उक्त मेला आयोजना गर्न लागेको बताएको छ ।  

बिहीवार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा कलेजका अध्यक्ष डा. दीपेन्द्र चौधरीले सो जानकारी दिएका हुन् । वीरगञ्जको घण्टाघरबाट उत्तरतर्फ फुटपाथमा मेला आयोजना गरिने भएको हो । अपरान्ह ३ बजेदेखि राति १० बजेसम्म मेला सञ्चालन हुने आयोजकले बताएको छ ।

विद्यार्थीहरूमा ‘सिक्दै जाऔं, कमाउँदै जाऔ’ भन्ने भावनाको विकास गर्न, वीरगञ्ज महानगरमा रात्रि बजारको अवधारणा साकार पार्न र स्थानीय लोक साँस्कृतिक तथा परम्परागत खानाको प्रवर्द्धन गर्न मेला आयोजना गर्न लागिएको अध्यक्ष चौधरीले बताए ।

वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको मेलामा २५ ओटाभन्दा बढी स्टल रहने आयोजकले बताएको छ । स्टलहरू विद्यार्थीहरूको समूहलाई दिइने जानकारी कलेजले दिएको छ । मेलामा स्थानीय कला र सँस्कृतिको पनि प्रदर्शन हुनेछ । 

विसं २०६९ सालमा दर्ता भएर २०७० सालदेखि सञ्चालनमा आएको कलेजले अहिले स्नातकमा बीबीएस, माध्यमिक तहतर्फ  व्यवस्थापन तथा शिक्षा, कानून, पत्रकारिता समूहका कक्षा सञ्चालन गर्दै आएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट सम्बन्धन प्राप्त गरी नेपालमै पहिलो पटक एकाउन्टिङ टेक्निक, चार्टर्ड एकाउन्टेन्टको प्रारम्भिक तह कक्षा सञ्चालन गरिरहेको चौधरीले बताए । 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)