ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हरिवनमा विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन

२०७९ फागुन, ५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

रौतहट । सर्लाहीको हरिवनमा विद्युतीय सवारीसाधनको चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । संघीय सरकारको ऊर्जा मन्त्रालयमार्फत नेपाल विद्युत् प्राधिकरणले १४२ किलोवाट क्षमताका दुईओटा चार्जिङ स्टेसन हरिवन नगरपालिका–११ खसी बजार छेउमा सञ्चालनमा ल्याएको हो । चार्जिङ स्टेसनबाट एकपटकमा ६ ओटा सवारीसाधन चार्ज गर्न सकिनेछ । चार्जिङ स्टेसनमा ‘जीबीटी’ र ‘सीसीएस’ गरी दुई प्रकारका चार्जिङ मेसिन जडान गरिएको छ । ‘जीबीटी’ मेसिनबाट ठूला र व्यावसायिक गाडी तथा ‘सीसीएस’ मेसिनबाट साना गाडी चार्ज गर्न मिल्ने प्राधिकरणको भनाइ छ । चार्जिङ स्टेसनमा सवारीसाधनको चार्ज गरेपछि अनलाइनमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ ।

मानवरहित चार्जिङ स्टेसनमा सेवाग्राहीले अनलाइनबाट भुक्तानी र कुनै प्राविधिक समस्या आए प्राविधिकले अनलाइनमार्फत नै मर्मत गर्न सकिने व्यवस्था छ । चार्जिङ स्टेसनमा चार्ज गरेको समयअनुसार शुल्क निर्धारण गरिएको छ । साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रतियुनिट १० रुपैयाँ ४४ पैसा, राति ११ बजेपछि बिहान ५ बजेसम्म ६ रुपैयाँ ६० पैसा र अन्य समयमा चार्ज गर्दा प्रतियुनिट ८ रुपैयाँ २८ पैसा शुल्क तिर्नुपर्ने प्राधिकरणले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)