ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अर्घाखाँची अस्पतालमा बिरामीको चाप बढ्दो

२०७९ फागुन, १०  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

अर्घाखाँची । अर्घाखाँचीको जिल्ला सदरमुकामस्थित अर्घाखाँची अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ । केही समय पहिलेसम्म निजी स्वास्थ्य संस्थामा उपचार गराउनेहरू पनि अहिले जिल्ला अस्पतालमै उपचार गराउन पुग्ने गरेका छन् । उपचारका लागि अस्पतालको ओपीडीमा दैनिक १०० देखि १५० जनासम्म आउने गरेकोमा अहिले बढेर दैनिक ३०० भन्दा बढी पुगेको अस्पतालका प्रमुख चिकित्सक जगन्नाथ तिवारीले बताए । बालबालिका, ज्येष्ठ नागरिक, मौसमी रुघाखोकी तथा दीर्घरोगका बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा भर्ना भएर उपचार गराउनेकोे संख्या पनि बढेको छ ।

अस्पतालमा शल्यक्रिया विधिबाट प्रसूति गराएर बच्चा निकाल्ने सेवा पनि नियमित भएको छ । अस्पतालमा प्रमुखको जिम्मेवारी सम्हाल्न चिकित्सक जगन्नाथ तिवारी आएपछि यो सेवा शुरू भएको हो । यससँगै जटिल प्रकृतिका प्रसूतिलाई शल्यक्रियाका लागि बुटबल जानुपर्ने बाध्यता हटेको छ । दुई एमडीजीपी, एक विशेषज्ञ र पाँच मेडिकल अफिसरबाट सेवा पुन: सञ्चालन गरिरहेको अस्पतालका प्रमुख चिकित्सक तिवारीले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)