ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाल्पा–बुटवल सडक दैनिक ८ घण्टा बन्द हुने

२०७९ फागुन, ११  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि रामापिथेकस पार्क नजिक डाइभर्सन बनाउन सो सडकखण्ड बन्द गर्न लागिएको हो । वैकल्पिक सडकको व्यवस्थापन गरेर बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र राति १० बजेदेखि ३ बजेसम्म यातायात बन्द गरेर काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । दिनरात गरेर फागुन १३ देखि १५ दिनसम्म दैनिक ८ घण्टा सडक बन्द हुनेछ ।

सिद्धबाबा क्षेत्रमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएर काम गरिरहेको छ । पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट चट्टानसहितको पहिरो खसेर बेला बेलामा ठूलो हानिनोक्सानी हुने गरेको छ । पाल्पा, बुटवल, पोखरा, गुल्मी, स्याङ्जालगायतका जिल्लामा आवतजावत गर्ने यो महत्त्वपूर्ण राजमार्गको रूपमा लिइन्छ । यही सडकमा माथिबाट खसेको पहिरोका कारण बर्सेनि जनधनको क्षति हुने गरेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)