ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धान उत्पादन घट्यो

२०७९ फागुन, ११  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

जनकपुरधाम । यो वर्ष धनुषा जिल्लामा धान उत्पादन घटेको छ । देशकै सबैभन्दा बढी धान उत्पादन हुने जिल्लामा पोहोरको तुलनामा यसपालि ३२ हजार मेट्रिक टनभन्दा धेरैले धान उत्पादन घटेको कृषि ज्ञान केन्द्र धनुषाले जानकारी दिएको छ ।

यसपालिको उत्पादन पोहोरको तुलनामा ३२ हजार ७६० मेट्रिक टनले कम हो । केन्द्रका अनुसार चालू आर्थिक वर्षमा किसानले ४८ हजार ७६० हेक्टर क्षेत्रफलमा धानखेती गरेका थिए । त्यसबाट १ लाख ४६ हजार २८० मेट्रिक टन उत्पादन भएको छ । गतवर्ष ५५ हजार ८०६ हेक्टरमा धानखेती थियो । त्यसबाट १ लाख ७९ हजार टन धान उत्पादन भएको थियो ।

किसानले यस वर्ष धानखेतीको क्षेत्रफल घटाएर माछापालन शुरू गरेको, समयमा मलखाद नपाएको र सिँचाइसमेतको अभावले उत्पादन घटेको बागवानी विकास अधिकृत प्रदीपकुमार यादवले बताए । जिल्लाका ७ लाख किसान धानखेतीमा छन् ।

जिल्लाका १८ पालिकामध्ये गणेशमान चारनाथ नगरपालिका, मिथिला नगरपालिका, बटेश्वरनाथ नगरपालिका र क्षीरेश्वरनाथ नगरपालिकाबाहेक १४ स्थानीय तहका किसानले व्यावसायिक रूपमा धानखेती गर्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)