ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

व्यापार मेलामा ४ करोडको कारोबार

२०७९ फागुन, १६  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

जनकपुरधाम । स्वदेशी उत्पादनलाई स्थानीय स्तरमा पुर्‍याउन जनकपुर वाणिज्य संघले आयोजना गरेको जनकपुरधाम अन्तरराष्ट्रिय व्यापार मेला सम्पन्न भएको छ । मेला फागुन ५ देखि १४ गतेसम्म जनकपुरधामको तिरहुतिया गाछीमा सञ्चालन भएको थियो । मेलामा स्वदेशी र विदेशी उत्पादनका १४० स्टल थिए ।

मेलामा विभिन्न बैंक, वित्तीय संस्था तथा व्यापारीका गरी १०० ओटा स्टल मात्र भाडामा दिइएको थियो । मेलामा चारपांग्रे सवारीसाधन, इ–रिक्सा, ट्याक्टर, आँटा, बेसन, कपडा, मिथिला आर्टलगायत भारत, पाकिस्तान, बंगलादेशमा उत्पादित सामानका स्टल रहेको संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । मेलामा जनकपुरधाम नगरभित्रका १२ उद्योगबाट उत्पादित सामान स्टलमार्फत विक्री वितरण भएको पनि उनले जानकारी दिए । मेलामा करीब ४ करोड रुपैयाँको कारोबार भएको महासेठले जानकारी गराए । उनका अनुसार मेला सञ्चालन गर्दा ४५ लाख रुपैयाँ बराबर खर्च भएको छ । मेला आयोजनाका लागि मधेश प्रदेशको उद्योग मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका, जनकपुर बृहत्तर विकास परिषद् र संघले आर्थिक सहयोग गरेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)