ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समयमै पुल नबने पछि स्थानीयको दबाब

२०७९ फागुन, १७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

रौतहट । रौतहटको चन्द्रपुर–४ स्थित गैंडाटार चाँदी नदीमा निर्माणाधीन पुल अलपत्र परेपछि स्थानीयले निर्माण अगाडि बढाउन दबाब शुरू गरेका छन् । पप्पु–शिवशंकर जेभीले २ वर्षमा सम्पन्न गर्नेगरी २०७४ असार ३१ मा २५ करोड ३६ लाख २४ हजार रुपैयाँमा ठेक्का पारेको थियो । तर सम्झौताको  साढे ५ वर्ष बित्दा पनि पुल सम्पन्न भएको छैन । निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेपछि आगामी असार मसान्तसम्म सक्नेगरी तेस्रोपटक म्याद थपिएको छ ।

पुल निर्माणको काम सुस्त भएपछि स्थानीयले विरोध गर्दै आएका छन् । पुल निर्माण नियमित नभए डिभिजन सडक कार्यालयका सबै सेवा बन्द गराउने र पूर्वपश्चिम राजमार्गमा अनसन बस्ने स्थानीयले चेतावनी दिएका छन् । डिभिजन सडक कार्यालय रौतहटका प्रमुख दरोगाप्रसाद साह र ठेकेदार दयाराम साहलाई निर्माणस्थलमै बोलाएर स्थानीयले  पुल निर्माणका लागि दबाब दिएका हुन् ।

दबाबपछि निर्माण कम्पनीले काम शुरू गरेको छ । काम शुरू भए पनि निरन्तरतामा शंका रहेकाले दबाब कायमै राख्ने चन्द्रपुर–३ का अध्यक्ष रवि देवकोटाले  बताए । पुल निर्माणमा कुनै बाधा नभए पनि निर्माण कम्पनीको लापरबाही र बेवास्ताले निर्माणमा ढिला भएको उनको भनाइ छ । डिभिजन सडक प्रमुख साहले पुलको काम ५ महीनादेखि बन्द रहेकाले समय लागेको भए पनि अब काम शुरू भएकाले दुई–तीन महीनामै सम्पन्न हुने बताए । अहिलेसम्म ७० प्रतिशत मात्र काम सम्पन्न भएको र थपिएको समयभित्र काम गर्न सडक कार्यालयले पनि निर्माण कम्पनीलाई दबाब दिइरहेको उनले बताए । पुल नहुँदा गैंडाटारका स्थानीयले बर्खाको समयमा जोखिमपूर्ण रूपमा यात्रा गर्नुपर्ने बाध्यता छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)