ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनकपुरधाम उपमहानगरका २० योजना मात्र सम्पन्न

२०७९ फागुन, १९  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका, योजना शाखाले चालू आर्थिक वर्ष २०७९/८० को फागुन मध्यसम्ममा २० ओटा योजना मात्र सम्पन्न गरेको छ । योजना शाखाले १२८ ओटा योजनाको सम्झौता गरेको थियो । यस वर्ष स्थानीय, प्रदेश तथा संघीय निर्वाचनका कारण योजनाको कामले गति लिन नसकेको उपमहानगरपालिकाका योजना प्रमुख वीरेन्द्र यादवले बताए । यस वर्ष पनि लक्ष्यअनुसार योजनाका काम पूरा हुन नसक्ने उनको भनाइ छ ।

जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८० करोड ७१ लख ४५ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।  त्यसमध्ये पूर्वाधार विकासतर्फ ६४ करोड ६५ लाख १४ हजार रुपैयाँ छुट्ट्याइएको थियो । गत आर्थिक वर्षमा उपमहानगरको योजना शाखाले ४७३ ओटा योजना सञ्चालन गरेको थियो । ती सबै योजनाको काम पूरा भई केहीको भुक्तानी दिन बाँकी रहेको उपमहानगरका इञ्जिनीयर राकेशकुमार यादवले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)