ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकको ऋण नतिर्ने हल्लाको पछि नलागौं, केहि समय धैर्यधारण  गरौं : उपाध्यक्ष ढकाल    

२०७९ फागुन, २०  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

भैरहवा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही दिनयता बैंकबाट लिएको ऋण नतिर्ने भन्नेजस्तो चर्चा सुनिएको भन्दै यस्तो हल्लाको पछि नलाग्न सबै उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् ।     
     
 सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६४औं साधारणसभाको शुक्रवार भैरहवामा उद्घाटन गर्दै उनले केही समययता बैंकको ऋण नतिर्ने जस्ता विषयमा हल्ला शुरु भएका र यसबाट अराजकता सृजना हुने भन्दै त्यस्ता हल्लाको पछि कोही पनि व्यवसायी लाग्न नहुने बताए ।     
     
 उनले बैंकको ब्याजदर ‘सिङ्गल डिजिट’ हुनुपर्ने पक्षमा आफू रहेको भन्दै यदि त्यसो भएमा धेरै व्यवसायीलाई राहत हुने बताए। उनले भने,‘हामी निजी क्षेत्रका तर्फबाट व्यवसायीको हितमा हुनेगरी सधैं पहल गरिरहेका छौं। बैंकिङ ब्याजदरको विषयमा पनि सरकारसँग बारम्बार छलफल गरिरहेका छौं । देशमा व्यावसायिक एवं लगानीमैत्री वातावरण निर्माण गर्ने काममा हामी सदैव लागिपरेका छौं।’    
     
 वरिष्ठ उपाध्यक्ष ढकालले देशको अर्थतन्त्रको अवस्था हेरेर व्यवसायीहरूले धैर्यधारण गर्नुपर्ने बेला आएको पनि बताए । उनले उद्योग व्यवसायमा धैर्य धेरै चाहिने र यसबाट मात्र व्यावसायिक सफलता हात लाग्ने पनि उनको भनाइ थियो ।     
     
 सो अवसरमा उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, पूर्वअध्यक्ष ओमकार गौचन र सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले मुलुकको अर्थतन्त्र डगमागाएको अवस्था देखिएकाले सबैको सहकार्य आवश्यक रहेको बताए ।     
     
 उनीहरूले सरकारले बजेट व्यक्तव्यमा उल्लेख गरेका उत्पादनमूलक व्यवसायलाई अन्य उद्योगभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरे ।     
     
 त्यसैगरी रुपन्देहीका उद्योगी व्यवसायीले नेपालको अर्थतन्त्र जोगाउन तत्काल बजारमा तरलता प्रवाह गर्न आवश्यक रहेको बताए। उनीहरूले बैंक तथा वित्तीय संस्थाको आधार दर नघट्दासम्म ब्याजदर कम नहुने भएकाले अर्थतन्त्र जोगाउनका लागि तत्काल बजारमा तरलता प्रवाह गर्न आवश्यक रहेको पनि बताएका छन् ।

कृषिमा हुनुपर्ने आधुनिकीकरण र यान्त्रिकीकरणका साथै कृषिमा व्यावसायीकरण हुनु आवश्यक रहेकोमा उनीहरुको जोड थियो ।रासस
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)