ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनकपुर सरसफाइ तथा पोखरी सम्बर्द्धन आयोजनाले पर्यटकीय क्षेत्रमा टेवा पुग्ने

२०७९ फागुन, २४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

जनकपुरधाम । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले आर्थिक वर्ष २०७६/७७ मा जनकपुर सरसफाइ तथा पोखरी सम्बर्द्धन आयोजनाका लागि १ अर्ब २ करोड बजेट स्वीकृत गरेको थियो । सो कार्यक्रमअन्तर्गत पहिलो चरणमा जनकपुरधाम उप–महानगरपालिका–२५, लोहनामा ड्रेनेज, पीसीसी र आरसीसी सडक ढलानका लागि आर्थिक वर्ष २०७६/७७ मा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र निर्माण कम्पनी कनकाई विकास एन्ड ब्रदर जेभीबीच सम्झौता भएको थियो । लोहनामा ११ सय मिटर सडक ढलान र जनकपुरधामका विभिन्न वडामा २३ ओटा आधुनिक शौचालय निर्माणका लागि ३० करोडको परियोजना हाल निर्माणको क्रममा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका इन्जिनियर तिलकराज साहले बताए । परियोजनाको करीब ८० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम पनि छिट्टै सकिने साहले बताए । जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर विरेन्द्र यादवले जनकपुरधाम–२५ मा सञ्चालित ३० करोडको परियोजनाको सम्पूर्ण जिम्मेवारी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको रहेको तथा उपमहानगरले सहकार्य गरी अनुगमन र निरीक्षण मात्र गर्ने बताए ।

उक्त आयोजनाको बाँकी ७२ करोडका परियोजनाबारे आफूलाई धेरै थाहा नभएको यादवले बताए । टेन्डरदेखि आर्थिक काम संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयको जिम्मामा रहेको यादवले बताए । बाँकी ७२ करोडको योजना चालू आर्थिक वर्ष २०७९/८० मा टेन्डर भई काम शुरु हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका इन्जिनियर तिलकराजले बताए । सो परियोजना गंगासागरमा वाटर फाउन्टेन र लोहनाको बिदेही पोखरी र टिटहीलगायत अन्य वडामा रहेका पोखरीको शौन्दर्यीकरण हुने उनले बताए । जनकपुर सरसफाइ तथा पोखरी सम्बर्द्धन आयोजनाले जनकपुरधामको पर्यटन प्रवर्द्धनमा योगदान गर्ने उनको विश्वास छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)