ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक्यापद्वारा निःशुल्क स्वास्थ्य सेवा

२०७९ फागुन, २४  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

मनाङ । अन्नपूर्ण आउने पर्यटक तथा स्थानीयवासीको सहजताका लागि अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) निःशुल्क सेवा प्रवाह गर्दै आएको छ । अन्नपूर्ण पदमार्गकोयात्रामा आउने पर्यटक तथा स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरिँदै आएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले बताएको छ ।

विशेषगरी मनाङ भ्रमणमा आउने पर्यटकमा लेक लाग्ने समस्या बढी हुने भएकाले स्थापना कालदेखि नै एक्यापले स्वास्थ्य सेवा प्रवाह गर्दै आएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी अर्यालले जानकारी दिइन् । उनका अनुसार चालू आर्थिक वर्षको ५ महीनामा आन्तरिक तथा बाह्य गरी नौ सय ९५ ले स्वास्थ्य सेवा लिएका छन् ।

चालू आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा एक्यापबाट स्वदेशी पुरुष चार सय ९१ र महिला चार सय ३८ तथा विदेशी पुरुष ४२ र महिला २४ जनाले निःशुल्क सेवा लिएको उनले बताइन् । विशेषगरी थोराङ्ला भञ्ज्याङ, तिलिचो ताल, आइसलेक जान मनाङ आउने पर्यटकले स्वास्थ्य सेवा लिने गरेको उनको भनाइ छ ।
    
‘मनाङको पर्यटकीय क्षेत्र अन्नपूर्ण पदमार्गको यात्राका लागि सवारीसाधनमार्फत सीधै माथिल्लो मनाङ पुग्दा पर्यटकलाई समस्या हुने गरेको पाइएको छ । लेक लाग्ने, झाडापखाला, बान्ता हुने समस्या भएकाहरू सेवा लिन आउने गर्दछन्,’ उनले भनिन्, ‘विदेशी पर्यटकले केही मात्रामा सावधानी अपनाउने गरेको पाइएको छ ।’

बिरामी परेर एक्यापमा आइपुगेका पर्यटक तथा स्थानीयलाई सेवा प्रवाह गरिएको उनले बताइन् । ‘मनाङ यात्राको क्रममा बिरामी परेर आएका पर्यटकलाई औषधिसहित परामर्श दिने गरेका छौं,’ उनले भनिन्,  बिरामीलाई परामर्श केन्द्र स्थापना गरेर भने सेवा प्रवाह गर्न नसकिएको उनले बताइन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)