ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरीद

२०७९ फागुन, २५  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

खजुरा । बाँकेमा लक्ष्यभन्दा धेरै कम धान खरीद गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयले २५ हजार क्विन्टल धान खरीद गर्ने लक्ष्य लिएकोमा हालसम्म ९ हजार क्विन्टल मात्र खरीद गरेको छ । धान विक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुन पहिलो सातादेखि खरीद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए ।

उनका अनुसार यस वर्ष जिल्लाका ८४० किसानको मध्यम धान २० हजार क्विन्टल र मोटो धान ५ हजार क्विन्टल खरीद गर्ने लक्ष्य थियो । ३४० किसानको मध्यम धान ७ हजार क्विन्टल र मोटा धान २ हजार क्विन्टल मात्र खरीद गरिएको उनले जानकारी दिए । जिल्लाका आठओटै स्थानीय तहलाई कोटा निर्धारण गरेर गत पुस ५ गतेदेखि २५ हजार क्विन्टल धान खरीदको लक्ष्य राखेर खरीद शुरू गरिएको थियो । निर्धारित समयभन्दा ढिला धान खरीद शुरू गरेकाले अधिकांश किसानले पहिला नै व्यापारीलाई विक्री गरेको डुडुवा–४ का रामगोपाल वर्माले बताए ।     

‘कम्पनीले भन्दा पहिला व्यापारीले सरकारले तोकेको मूल्यमै धान खरीद गर्न थालेपछि किसानले आफ्नै हिसाबले विक्री गरेका हुन्,’ उनले भने । सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रू. २ हजार ९६७ र मध्यम धानको रू. ३ हजार १२८ तोकेको थियो । जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरका किसानले मात्र निर्धारित कोटाअनुसार धान विक्री गरेको र अन्य पालिकाका केही किसानले धान विक्री गरेको कार्यालयले बताएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)