ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीउवासंघका ३५ कार्य समिति सदस्य सर्वसम्मत, को - को भए चयन ?  

२०७९ फागुन, २५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको आगामी दुई वर्षको कार्यकाकालका लागि कार्य समिति सदस्यहरू सर्वसमम्मत चयन भएका छन् । 

संघको वाणिज्य, उद्योग, एशोसिएट र एफिलिएट चारै क्षेत्रका कार्य समिति सदस्य सर्वसम्मत चयन भएको संघका प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिए । 
वाणिज्यतर्फ १५ पदका लागि २५ जनाको उम्मेदवारी परेको थियो ।

त्यस्तै उद्योगतर्फ १३ सदस्यका लागि १६ जना र एशोसिएटमा ६ पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो । बुधवार उम्मेदारी फिर्ता लिने समयभित्र पदभन्दा बढी संख्याका अकांक्षीले उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत भएको हो । ३५ सदस्यीय कार्य समितिले संघको पदाधिकारी चयन गर्ने खरेलले बताए । 

वाणिज्यतर्फ अनोज रुंगटा, अरबिन्द्र अमात्य, तारा प्रसाद, गोबिन्दप्रसाद शाह, दीपकुमार टिवडेवाल, सिद्धार्थ धुरका, मनोजकुमार दास, प्रेमचन्द्र गोयल, नरेशकुमार टिवडेवाल, र अवधेशकुमार सरावगी सदस्य छानिएका छन् । त्यस्तै सुमनकुमार क्याल, यसकुमार अग्रवाल, मनोजकुमार शर्मा, मुरली जलान र माधव राजपाल कार्य समिति सदस्यमा सर्वसम्मत भएका छन् । 

उद्योततर्फ अंकितकुमार खेतान, सुनिलकुमार खेतान, अनुप अग्रवाल, प्रभात रुंगटा, आशीषकुमार लाठ, विकास कुमार क्याल, पन्नालाल प्रसाद साह, सुरेशकुमार रुंगटा, शिवजी प्रसाद साह कलवार, मोहित गुप्ता, सुशान्त चाचान, निरज अग्रवाल र सौरभ केडिया चुनिएका छन् । 

एशोसिएटमा प्रकाशकुमार खण्डेलवाल, विनय कावरा, हेमन्तकुमार वैद, अनिलकुमार अग्रवाल पटवारी, हरिप्रसाद गौतम र शुभमकुमार खण्डेलवाल छन् । एफिलिएटतर्फ ुबद्धिप्रसाद (हरि) पन्त यसअघि नै निर्विरोध भइसकेका छन् ।  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)