जनकपुरधाम । नेपाल उद्योग वाणिज्य संघ, मधेश प्रदेशको चौथो साधारणसभा तथा तेस्रो निर्वाचन जनकपुरधाममा बिहीवार सम्पन्न भएको छ । सभाबाट १० सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ, जसअनुसार अध्यक्षमा अशोककुमार टेमानी चयन भएका छन् । यस्तै जिल्ला नगरतर्फका उपाध्यक्षमा जितेन्द्रकुमार महासेठ र एसोसिएटतर्फका उपाध्यक्षमा राजेशकुमार अग्रवाल चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा पण्डितप्रसाद जयसवाल र सदस्यहरूमा राजकुमार साह, श्रवणकुमार यादव, वीरेन्द्रप्रसाद साह, भरत अग्रवाल, कृपाशंकर साह र अनुप अग्रवाल चयन भएका छन् ।