ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विभेदमा पारिएका समुदायका विषयमा छलफल शुरू

२०७९ फागुन, ३०  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

नेपालगञ्ज । विपद्का बेला सीमान्तकृत समुदाय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने विभेदका विषयमा सोमवारदेखि यहाँ तीन दिने तालीम शुरू भएको छ । सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाले लैंगिक अल्पसंख्यक र जोखिममा रहेका समुदायको संरक्षणका विषयमा पैरवी गर्दै उनीहरूमाथि हुने विभिन्न हिंसा, यौन शोषण र विभेदका विषयमा तालीममा छलफल गरिनेछ ।    

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि शर्माले हिंसा र विभेदको विषय सबैको साझा दायित्व भएको उल्लेख गर्दै विपद्का बेलामा आउने समस्या समाधान गर्न पूर्वतयारी आवश्यक भएको बताए । उनले त्यसबेला राहत र उद्धारका विषय मात्रै प्राथमिकतामा परे पनि विभेदका विषयलाई ध्यान नदिएको उल्लेख गरे ।    

युनिसेफ नेपालका क्षेत्रीय संयोजक दीपक श्रेष्ठले जोखिममा रहेका समुदायलाई लक्षित गरेर उनीहरूलाई मूलप्रवाहीकरण गर्नका लागि सबै समुदायको सहभागितामा छलफल शुरू गरिएको बताए । तालीममा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट करिब ६५ जनाको सहभागिता छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)