ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चार वर्षसम्म अलपत्र पुलको निर्माण शुरू

२०७९ फागुन, ३०  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

गुल्मी । गुल्मीको मुसीकोट नगरपालिका अन्तर्गत बढिघाट खोलामा निर्माणाधीन अवस्थामा भाँचिएर अलपत्र परेको पक्की पुलको निर्माण शुरू भएको छ । अलपत्र अवस्थामा परेको चार वर्षपछि निर्माण शुरू गरिएको हो । मुसीकोट नगरपालिका–७ देखि मुसिकोटकै २, ३ र ४ नम्बर वडालाई जोड्ने उक्त पक्की पुल निर्माणकै क्रममा दुई पटकसम्म भाँचिएपछि अलपत्र अवस्थामा थियो । दुई पटकसम्म भाँचिएको पुल हाल डिजाइन परिवर्तन गरी जलप नेपाल प्रालिले निर्माण शुरू गरेको हो ।

पुल स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा रू. दुई करोड ५० लाखमा निर्माण हुन लागेको हो । पुल निर्माणका लागि दुवैतिर फाउण्डेशनको काम पूरा भइसकेको हुँदा अहिले पुनर्निर्माण स्थलसम्म पुग्न सडक विस्तारको काम भइरहेको निर्माण व्यवसायी प्रतिनिधि अनिष पौडेलले जानकारी दिए । उनका अनुसार आगामी असोजसम्म पुल निर्माण सम्पन्न हुनेछ ।

पहिलोपटक २०७६ वैशाखमा निर्माण अन्तिम चरणमा पुग्दै गर्दा खोलामा बाढी आएपछि टेको भासिँदा पुल भत्किएको थियो भने दोस्रो पटक पनि निर्माण शुरू भएको एक वर्षपछि त्यस्तै कारणले पुन: पुल भाँचिएको थियो । पुलको निर्माण तत्कालै शुरू गर्न नगरपालिकाको तर्फबाट पटक–पटक सम्बन्धित निकायमा पहल गरेपछि काम शुरू हुन लागेको मुसीकोट नगरपालिका प्रमुख जीवन खरेलले बताए । उनले ढिलै भए पनि काम शुरू हुन लागेको हुँदा यो पटक तोकिएकै मितिमा पुल निर्माण हुने कुरामा आफूहरू पूर्ण आशावादी रहेको बताए । मुसीकोट नगरपालिकाको बढीगाढ खोलामाथि निर्माण हुन लागेको ट्रस बोर्डर प्रविधिमा आधारित उक्त पुलको लम्बाइ ५५ मिटर रहेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)