ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

खन्ती–जोमसोम सडक कालोपत्र शुरू

२०७९ फागुन, ३०  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जोमसोम । मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र खन्तीदेखि जिल्ला सदरमुकाम जोमसोम जोड्ने सडक कालोपत्र शुरू भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १६ किलोमिटर पाँच सय मिटर दूरीको खन्ती–जोमसोम खण्ड कालोपत्रको काम शुरू भएको हो । आयोजना प्रमुख जगत प्रजापतिले ठेकेदार कम्पनी गौरी–पार्वती जेभीले खन्तीदेखि जोमसोमसम्म अस्फाल्ट प्रविधिको कालोपत्र गर्न थालेको जानकारी दिए । ‘एक किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिसकेको छ,’ उनले भने, ‘ठेकेदारसँग हाल चार किलोमिटर कालोपत्र गर्न पुग्ने बिटुमिन मौज्दात छ । कम्पनीले थप बिटुमिन र अन्य सामग्री जुटाएर जोमसोमसम्म कालोपत्र गर्ने प्रतिबद्धता गरेको छ ।’ यो सडक कालोपत्र गर्न २०७३ असारमा पप्पु–गौरी–पार्वती–कोशी एण्ड न्यौपाने जेभीले रू. ९९ करोड ६२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

साझेदार मध्य पप्पु र कोशी एण्ड न्यौपानेका सञ्चालकले काम नगरेपछि एक वर्षदेखि रोकिएको सडक निर्माण गौरी एण्ड पार्वतीले पूर्णता दिन लागेको आयोजनाले बताएको छ । सडक निर्माण अलपत्र पारेका सञ्चालक सम्पर्कमा नआएपछि आयोजनाले गत पुसमा कालोसूचीमा राख्ने चेतावनीसहितको सूचना जारी गरेको थियो । कालोसूचीबाट जोगिन गौरी पार्वतीले काम अघि बढाउने जिम्मेवारी लिएको छ । गौरी पार्वतीले आयोजनाअन्तर्गत नै ठेक्का लिएको चराङ–छोसेर खण्डको २५ किलोमिटर खण्डको काम पनि अघि बढाउन लागेको आयोजना प्रमुख प्रजापतिले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)