वीरगञ्ज ।वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिलकुमार अग्रवाल पटवारी निर्वाचित भएका छन् । मंगलवार उनी पटवारी निर्विरोध चुनिएका हुन् ।
उनी यसअघि संघको प्रथम उपाध्यक्ष थिए । अन्य ९ जना पदाधिकारी पनि निर्विरोध भएका छन् । संघको प्रथम उपाध्यक्षमा हरिप्रसाद गौतम, द्वितीय उपाध्यक्षमा माधव राजपाल, महासचिवमा आशीषकुमार लाठ र कोषाध्यक्षमा शिवजी प्रसाद साह कलवार चयन भएको संघको सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै सचिवमा सुशान्त चाचान र प्रेमचन्द्र गोयल निर्वाचित भएका छन् । सहकोषाध्यक्षमा अनोज रुंगटा, सहसचिवमा निरज अग्रवाल र नरेशकुमार अग्रवाल टिवडेवाल निर्विरोध निर्वाचित भएका छन् ।
संघको पहिलो कार्यसमिति बैठकले तृतीय उपाध्यक्ष चयन गर्ने वैधानिक व्यवस्था छ । यसअघि ३५ सदस्यीय कार्यसमिति सदस्यसमेत सर्वसम्मत चयन भएको थियो ।