ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वातावरणसँग सम्बन्धित कार्यक्रम घोषणा

२०७९ चैत, ३  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित सरसफाइ अभियानको १००औं शृंखला पुगेको अवसरमा वातावरणसँग सम्बन्धित पाँच कार्यक्रम घोषणा गरेको छ । सप्ताहव्यापी कार्यक्रमको मूल समारोहमा नगर प्रमुख रामकृष्ण खाणले वातावरणसँग सम्बन्धित ती कार्यक्रम घोषणा गरेका हुन् ।

नगर प्रमुख खाणले वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माणको अभियान, नगरमा हर्न निषेध, पशु दर्ता प्रणाली सञ्चालन, फोहोरमैलाको वर्गीकरण र सुर्तीजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाइएको जानकारी दिए । घोषणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जाँदा वातावरणमैत्री नगरपालिका निर्माणमा थप टेवा पुग्ने उनको विश्वास छ ।

कार्यक्रममा पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरसफाइ अभियान आसपासका अन्य पालिकालाई समेत जोड्न तिलोत्तमालाई आग्रह गरे । सरसफाइ, विकास निर्माण र अन्य सामाजिक विषयमा तिलोत्तमाले आफ्नो विशिष्ट पहिचान बनाएको भन्दै नेता पौडेलले विकासको पक्षमा सबै जनप्रतिनिधि एकै ठाउँमा रहेको स्पष्ट पारे ।

प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले नेपालको दिगो विकास लक्ष्यको प्रतिबद्धता पूरा गराउन पनि सरसफाइ अभियान हरेक पालिकाले चलाउनुपर्नेमा जोड दिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)