जनकपुरधाम । प्रहरीले विभिन्न मितिमा पक्राउ गरी जनकपुर भन्सार कार्यालयमा बुझाएको ७ सय थान सवारीसाधन लिलाम हुन नसक्दा लगभग कामै नलाग्ने अवस्थामा पुग्न लागेका छन् ।
ती सवारीसाधनमा मोटरसाइकल ६ सय ८०, तीनपांग्रे टेम्पु ८ र पिकअफ भ्यान १२ थान रहेको भन्सार प्रमुख केशवराज ओलीले बताए । करोडौं मूल्य पर्ने ती सवारीसाधान भन्सार परिसरमा यत्रतत्र राखिएकोले खिया लागेर नष्ट हुन लागेको हो ।