वीरगञ्ज । भन्सार छलेर भित्र्याइएको एक करोड रुपैयाँभन्दा बढी मूल्यको कपडालगायत सामग्री प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारीअनुसार वीरगञ्जबाट नेपालगञ्ज जाँदै गरेका २ ओटा ट्रकमा कपडा, हार्डवेयरलगायतका मालसामान फेला परेको हो ।
बीलबिजकमा उल्लेख भएभन्दा बढी सामान बोकेर लैजान लागेको सूचनाका आधारमा वीरगञ्जको घण्टाघरबाट प्रहरीले ना ८ ख १६१३ र ना ४ ख ३८३१ नम्बरको ट्रक नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो ।