ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाँकेमा मिटर ब्याजीविरुद्ध २२ ओटा उजुरी, २ ओटामा मिलापत्र 

२०७९ चैत, १३  
लुम्बिनी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

बाँके । जिल्ला प्रशासन कार्यालय, बाँकेमा मिटर ब्याजीविरुद्ध २२ उजुरी परेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार उजुरी परेकामध्ये १५ ओटा मुद्दा अदालती प्रक्रियामा छन् । यस्तै दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ । 

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको उल्लेख गर्दै नियमित रूपमा कारबाही प्रक्रियालाई अघि बढाइएको बताए । ‘पूर्वतिर जस्तो समस्या देखिएको छैन,’ उनले भने । 

प्रजिअ आचार्यले अदालतमा पुगेका मुद्दा अदालतबाट टुङ्गो लाग्ने जानकारी दिँदै केही मिलापत्र भएको र एउटा व्यक्ति सम्पर्कमा नआएकाले खोजी भइरहेको बताए । मिटर ब्याजी पीडितलाई सरकारले उजुरी गर्न आग्रह गरेपछि यस विषयमा छानबिन शुरु गरिएको हो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)