ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चन्द्रनगर गाउँपालिकाका किसानलाई कृषि मिटर

२०७९ चैत, १७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले गाउँपालिकाभित्रका किसानलाई कृषि मिटर उपलब्ध गराउने भएको छ । किसानलाई खेती गर्न सहज बनाउँदै आधुनिकतातर्फ लैजाने उद्देश्यले विद्युत् प्राधिकरणसँग समन्वय गरी कृषि मिटर जडान गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए । विद्युत् मिटरका लागि पालिकाभित्रका किसानले मलंगवासम्म धाउँदा समय, खर्च र हैरानी व्यहोर्नुपर्ने अवस्था रहेकोमा मिटर जडान गरिएपछि उक्त समस्या समाधान हुने चन्द्रनगर गाउँपालिका–७ का किसान शिवकृष्ण कुर्मीले बताए ।

विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाले कहिले यो मिलेन कहिले त्यो कागज मिलेन भनेर दु:ख दिने गरेको बताउँदै किसान रजाउल मन्सुरले एउटा काम गराउन महीनौं कुर्नुपर्ने अवस्था अब अन्त्य हुने बताए । पालिकाले विद्युत् प्राधिकरणसँग समन्वय गरी विद्युत् महशुल पालिकाले नै तिरिदिने गरी मिटर जडान गर्ने योजना बनाइएको गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी महतोले बताइन् । मिटर जडान गर्न मिटर आवेदन फारम भर्ने र पेस गर्ने, फारम रुजु गर्ने, स्वीकृत गर्ने, मिटर खर्च भौचर भर्ने, मिटर दस्तुर बुझ्ने, मिटरको लगत कायम गर्ने, मिटर जडान गरी बत्ती बाल्नेलगायत सबै चरणको काम शुरू भइसकेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र मलंगवाका प्रमुख उमेश यादवले जानकारी दिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)