ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनकपुर भन्सारलाई लक्ष्य भेट्न चुनौती

२०७९ चैत, १९  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

जनकपुरधाम । जनकपुर भन्सार कार्यालय जनकपुरधामले चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व असुली गर्न चुनौती देखिएको छ । चालू आर्थिक वर्षको ८ महीनामा कार्यालयले वार्षिक लक्ष्यको करीब ४५ प्रतिशत मात्र राजस्व असुली गरेको छ । यही अवस्थाले चालू आर्थिक वर्षको बाँकी ४ महीनामा कार्यालयले लक्ष्यअनुसार राजस्व असुली गर्न चुनौती देखिएको हो ।

कार्यालयले चालू आर्थिक वर्षमा ४९ करोड ४४ लाख ५२ हजार रुपैयाँ असुलीको लक्ष्य पाएकोमा फागुन मसान्तसम्ममा २२ करोड ७ लाख ४४ हजार ९७५ रुपैयाँ राजस्व संकलन भएकोे कार्यालय प्रमुख केशवराज ओलीले जानकारी दिए । गतवर्ष कार्यालयले ४८ करोड ५५ लाख ९२ हजार राजस्व असुलीको लक्ष्य राखेकोमा २२ करोड ७१ लख ४३ हजार रुपैयाँमात्र राजस्व असुली भएको थियोे, जुन लक्ष्यभन्दा २५ करोड ४४ लाख ९ हजार कम हो ।

सीमा नाकामा कडाइ भए पनि रातको समयमा तस्करले भन्सार छली सामान ल्याउने गरेको पाइएको छ । मालवाहक रेल सञ्चालन नहुँदा लक्ष्यअनुसार राजस्व असुली गर्न नसकिएको कार्यालयका प्रमुख ओलीको भनाइ छ । मालवाहक रेल सञ्चालन भए राजस्व असुलीमा वृद्धि हुन सक्ने उनको अनुमान छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)