ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ लाखभन्दा बढी सवारीसाधन कारबाहीमा

२०७९ चैत, २६  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

जनकपुरधाम । मधेश प्रदेश ट्राफिक प्रहरीले बितेका ८ महीनामा २ लाख ५ हजार ५१५ सवारीसाधनलाई कारबाही गरेको छ । चालू आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा उक्त कारबाहीबाट रू. १५ करोड ५७ लाख २६ हजार जरीवाना असुल गरिएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिए ।

प्रहरीका अनुसार बारामा ३४ हजार ३०० सवारीसाधन कारबाहीमा परेका छन्, जसबाट रू. ३ करोड १३ लाख ७८ हजार ५०० राजस्व असुली भएको छ । त्यस्तै, सिरहामा ३७ हजार ५८४ सवारीसाधनलाई कारबाही गर्दा रू. २ करोड ४३ लाख ९२ हजार ५०० राजस्व संकलन भएको छ । सप्तरीमा २३ हजार ५५० सवारीसाधनको कारबाहीबाट रू. १ करोड ५० लाख ३८ हजार र धनुषामा २० हजार ८३६ सवारीसाधनलाई कारबाही गर्दा रू. १ करोड ४३ लाख ३७ हजार ५०० राजस्व संकलन भएको छ ।

त्यस्तै महोत्तरीमा २४ हजार ३ सय सवारीसाधनको कारबाहीबाट रू. १ करोड ८४ लाख ५८ हजार ५००, सर्लाहीमा २० हजार ४०० सवारीसाधनको कारबाहीबाट रू. १ करोड ४९ लाख २६ हजार, रौतहटमा २३ हजार ३ सय ४४ सवारीसाधनको कारबाहीबाट रू. १ करोड ८२ लाख ८२ हजार ५०० र पर्सामा २१ हजार २०० सवारीसाधनलाई कारबाही गर्दा रू. १ करोड ८९ लाख १२ हजार ५०० राजस्व संकलन भएको वरिष्ठ प्रहरी उपरीक्षक यादवले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)