ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गौशाला कब्जामा नलिन जीतपुरसिमरा उपमहानगरलाई अन्तरिम आदेश 

२०८० बैशाख, २६  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । वीरगञ्ज–जीतपुर गौशाला कब्जामा लिन अदालतले रोक लगाएको छ । उच्च अदालत  (High Court) जनकपुरको अस्थायी इजलास वीरगञ्जले जीतपुरसिमरा उपमहानगरलाई यस्तो आदेश दिएको हो ।

उपमहानगरपालिकाका मेयर राजन पौडेलको अगुवाइमा गत वैशाख १७ गते गौशालाको संरचनामा डोजर चलाएर त्यहाँ पालिएका गाईको रेखदेखको जिम्मेवारी लिएको सूचना निकालेपछि गौशाला कानूनी निषेधाज्ञा माग गर्दै अदालत पुगेको थियो । 

गौशालाका उध्यक्ष वीरेन्द्रकुमार संघईले उपमहानगरलाई विपक्षी बनाएर मुद्दा हालेका थिए । न्यायाधीश सीताराम मण्डलको इजलासले उपमहानगरसँग निषेधाज्ञा दिनुनपर्ने कारण भए पेश गर्न आदेश पनि दिएको छ । 

अदालतले मुद्दाको किनारा नलागेसम्म गौशालाको र गौशालासँगै जोडिएको अन्य संरचनामा प्रवेश नगर्न र कब्जामा नलिन उपमहानगरलाई अन्तरिम आदेश दिएको छ । 

उपमहानगरले नक्सापास नभएको संरचना भत्काउने भन्दै डोजर चलाएको थियो । 

स्थानीय प्रशासनले दुवै पक्षबीच छलफलको प्रयास गरेको थियो । उपमहानगरले प्रशासनको आग्रहलाई बेवास्ता गरेर डोजर चलाएपछि गौशाला कब्जामा लिएको आशयको सूचना निकालेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)