काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा वित्तीय तथा बीमा सेवा क्षेत्रको योगदान रू. ३१ अर्ब ५१ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. १८ अर्ब ६४ करोड बराबर रहेको थियो । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा वित्तीय तथा बीमा सेवा क्षेत्रको अंश ३ दशमलव ७१ प्रतिशत रहेको छ ।