क्रशर र बालुवा प्रशोधन उद्योग कारबाहीमा
बारा । बारा जिल्ला प्रशासन कार्यालयले नियमविपरीत सञ्चालनमा रहेका विभिन्न क्रशर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कारबाही गर्न थालेको छ । ती उद्योगमा अनुगमन गरी नियमविपरीत सञ्चालनमा रहेका उद्योगलाई कारबाही प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
कार्यालयका...
विकासमा बेथिति : पर्सामा निर्माणाधीन झोलुंगे पुल तीन वर्षदेखि अलपत्र
पुस ३०, पर्सा । पर्साको धोबिनी गाउँपालिका–१ घोरदाउरा टोलस्थित ओरिया खोलामा निर्माणाधीन झोलुंगे पुल लामो समयदेखि अलपत्र परेको छ ।
पुल निर्माणका लागि उपभोक्ता समितिको नाउँमा हालसम्म करीब रू. ५२ लाख ९९ हजार पेश्की रकम लिइए पनि कार्यस्थलमा खासै काम नभएको गाउँपालिकाले जानकारी दिएको छ । निर...
‘प्रदेश २ को नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने’
जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुंगो लाग्ने बताएका छन् । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधाम उपमहानगरपालिका–७ मा बुधवार आयोजित कार्यक्रममा मन्त्री साहले उक्त जानकारी दिएका हुन् । माघ २ गते बस्ने...
रौतहटमा थपिए ४३ हजार ५८० जना मतदाता
पुस २८, रौतहट । फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा रौतहटमा थप ४३ हजार ५८० जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार साउनदेखि मंसिर मसान्तसम्ममा मतदाताको संख्या थपिएको हो ।
जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय गौर, ईलाका प्रशासन कार्यालय गरुडा तथा...
प्रदेश २ को राजधानी र नामका लागि पुनः मतदान हुने
जनकपुर । प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरूबीच सहमति भएको छ । दलहरूबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभाको बैठक आगामी माघ २ गते बस्ने भएको छ । बैठकमा विभिन्न दलका प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव टेबल गर्ने र माघ ३...
बढ्दो जाडोमा पर्वको चटारो
महोत्तरी । पुस महिना सकिँदै लाग्दा महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रका किसानलाई तिलासक्रायत पर्वको चटारो परेको छ । पर्व नजिकिँदै जाँदा किसानलाई काम भ्याइनभ्याइ भएको छ । मिथिलामा माघ संक्रान्तिका दिन तिलासक्रायत पर्व मनाउने परम्परा छ । ‘पवनी (पर्व)ले छोपिसक्यो, घरको कामकाज सक्न र फसल बजार पुर...
रौतहट उद्योग वाणिज्य संघको अध्यक्षमा पुन: जयसवाल चयन
पुस २७, रौतहट । रौतहट उद्योग वाणिज्य संघको अध्यक्षमा पुनः पंडित प्रसाद जयसवाल निर्विरोध निर्वाचित भएका छन् ।
संघको सोमवार भएको निर्वाचन प्रक्रिया अनुसार अध्यक्षमा एक र सदस्यमा १८ जना निर्विरोध निर्वाचित भएका हुन् । यी सबै पदमा एक/एक जनाले मनोनयन दर्ता गरेकाले निर्विरोध निर्वाचित भएको निर्वा...
सरकारले धान खरीद गर्ने मूल्य निर्धारण गरेसँगै बढ्यो धान बेच्नेको भीड
पुस २७, वीरगञ्ज । सरकारले किसानबाट धान खरीद गर्ने मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान बेच्ने किसानको भीड लागेको छ ।
सरकारले धानतर्फ सोना मन्सुली प्रजातिको समर्थन मूल्य प्रति क्वीन्टल दुई हजार ९०२ रुपैयाँ निर्धारण गरेका थियो । निजीस्तरका उद्योगको मूल्य प्रति क्वीन्ट...
बीस व्यापारीमाथि कारबाही
जनकपुर । गुणस्तर तथा नापतौल कार्यालयले महोत्तरीका विभिन्न स्थानका २० व्यापारीमाथि कारबाही गरेको छ । अनुगमनका क्रममा तोकिएभन्दा कम नापतौल प्रयोग गरी सामान बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ती व्यापारीमाथि कारबाही गरेर १२ हजार ७३० जरिवाना गरिएको कार्यालयले बताएको छ । महोत्तरीका विभिन्न स्थानका...
बारामा २९ हजार ७०० हेक्टर क्षेत्रफलमा गहुँखेती
कलैया । बारामा गहुँखेती गरिँदै आएको क्षेत्रफलमा वृद्धि भएको छ । गतवर्षको तुलनामा यस वर्ष २०० हेक्टर क्षेत्रफलमा गहुँखेती वृद्धि भएको कृषि ज्ञान केन्द्र बाराले बताएको छ । गतवर्ष बारामा २९ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकोमा यो वर्ष २९ हजार ७०० हेक्टर क्षेत्रफलमा गरिएको छ । ती क्षेत्रफलमा भृ...