रोल्पाको लुङ्ग्री खोलामा बन्यो पक्की पुल
कात्तिक २६, रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ छिर्ने र कोइरालखर्क जोड्ने लुङ्ग्री खोलामा पक्की पुल निर्माण भएको छ ।
सडक पूर्वाधार विकास कार्यालय रोल्पा मार्फत पुल बनेपछि गत १० वर्षदेखि पक्की पुलको माग गर्दै आएको स्थानीयको माग सम्बोधन भएको हो । गत दुईवर्ष अघिदेखि शुरु भएको लुङ्ग्री...
कर्णाली अझै टुकीकै भरमा
सुर्खेत । कर्णाली प्रदेशका ६७ प्रतिशत नागरिक अझै टुकी र सौर्य ऊर्जाका भरमा जीवनयापन गर्न बाध्य छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास महाशाखाको तथ्यांकका अनुसार करिब १८ लाखभन्दा बढी जनसंख्या रहेको कर्णालीमा करिब ३३ दशमलव ३९ प्रतिशत अर्थात् पाँच लाख ६१ हजार नागरिक मात्र...
फूलको उत्पादन हुँदा सिमकोटमा कृत्रिम प्लास्टिक मालाको माग बढ्यो
कात्तिक १९, हुम्ला । तिहार पर्वमा हुम्ला सदरमुकाम सिमकोटमा निकै चहलपहल बढिरहेको छ । पर्वका अवसरमा किनेमेल गर्नेका भीडले बजार चहलपहल बढेको हो ।
तिहारका लागि आफ्ना दाजुभाइका लागि टोपी, फूलमाला र सुपारीलगायतका सामग्री खरीद गर्नका लागि आउँदा सिमकोटका पसल व्यवसायी व्यस्त छन् ।
बजारमा बालबालिक...
खाद्य कम्पनीको चामल ‘खानयोग्य’ रहेको पुष्टि
सुर्खेत । वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा रहेको बास्मती चामल ‘खानयोग्य’ रहेको पुष्टि भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त चामलमा कुनै कैफियत नरहेको पुष्टि भएको हो । &nb...
स्तर वृद्धिको पर्खाइमा जिल्ला अस्पताल सल्यान
कात्तिक १३, सल्यान । ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सञ्चालन भइरहेको जिल्ला अस्पताल सल्यानको स्तर वृद्धि हुन सकेको छैन ।
१५ शय्याको अस्पतालको रुपमा मान्यता प्राप्त भएको झण्डै चार दशक पूरा भएको छ । तर यसको स्तर वृद्धि गरेर ५० शय्याको बनाउनको लागि स...
कर्णाली बेसिनका २९ आयोजना स्थानीय तहमा
सुर्खेत । कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कर्णाली बेसिन क्षेत्रमा पर्ने २९ स्थानीय तहमा ‘यूएसएआइडी कर्णाली वाटर एक्टिभिटी’ आयोजना लागू भएको छ । जलस्रोतको बहुआयामिक प्रयोग एवं स्वच्छ खानेपानी र सरसफाइ सेवाको प्रभावकारिता सुनिश्चित गर्ने उद्देश्यले रारा खत्याड, तिला कर्णाली, मध्य...
टिकट नपाउँदा सिमकोट विमानस्थलबाटै फिर्ता भए बिरामी
कात्तिक ९, हुम्ला । जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना बिरामीले उपचारका लागि जिल्ला बाहिर जाने टिकट नपाउँदा सोमवार विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ ।
जिल्लाको खार्पुनाथ गाउँपालिका–१ प्युस घर भएका दीर्घरोगी ६० वर्...
कृषकलाई राहत दिन किसान महासंघको माग
सुर्खेत (अस) । अखिल नेपाल किसान महासंघ, सुर्खेतले बेमौसमी वर्षापछि देशैभर भएको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासंघ सुर्खेतले प्रेस विज्ञप्ति जारी गर्दै सुर्खेत आसपासका क्षेत्रमा पाकेको धानबाली वर्षाका कारण नष्ट भएकोमा सम्बन्धित सबै सरोकारवालाको ध्यानाकर्षण गराएको हो । महासंघ...
कर्णाली प्रदेश सरकारले बाढीपहिरोबाट मृत्यु भएकालाई २ लाख दिने
सुर्खेत (अस) । कर्णाली प्रदेश सरकारले बाढी, पहिरोबाट मृत्यु भएकालाई २ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रदेश सरकारको शुक्रवार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी, पहिरो लगायतका विपद्मा परेर मृत्यु भएका परिवारका सदस्यलाई दुर्घटना बीमाबापत २ लाख रुपैयाँ दिने घोषणा गरेको हो ।
बेमौसमी वर्षास...
मुगु बस दूर्घटना : मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने
कात्तिक ६, सुर्खेत । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस दूर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रू. एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रवार बसेको बैठकले सो दूर्घटनाका पीडित परिवारलाई राहत दिन...