सुर्खेत (अस) । अखिल नेपाल किसान महासंघ, सुर्खेतले बेमौसमी वर्षापछि देशैभर भएको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासंघ सुर्खेतले प्रेस विज्ञप्ति जारी गर्दै सुर्खेत आसपासका क्षेत्रमा पाकेको धानबाली वर्षाका कारण नष्ट भएकोमा सम्बन्धित सबै सरोकारवालाको ध्यानाकर्षण गराएको हो । महासंघ सुर्खेतका अध्यक्ष मनोहर आचार्यले कृषकको प्रमुख आयस्रोतको रूपमा रहेको धानबाली नष्ट भएकाले तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई अनुरोध गरे । किसान वर्गमा हुने क्षतिलाई समायोजन हुनेगरी कार्यक्रम परिमार्जन गरेर राज्यले आफ्नो उपस्थिति बढाउनुपर्छ,’ उनले भने ।